?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

बिदाको अबसर पारेर सरसफाईमा जुटे कोरियामा रहेका झापालीहरु
  
 
यहि जनबरी २८ तारिख कोरियाको नयाँ बर्ष सलनालको अबसर झापा मिलन समाजले दोङ्देमुन सरसफाई गरेका छन प्रतेक बर्ष बिदाको अबसर पारेर समाजले सररफाई कार्यक्रम गरदै आएको छ नेपालीहरु फोहर मात्रहैन सफा पनि गर्छन भन्ने सन्देश दिन कोरियामा रहेका झापालीहरुले दोँङ्देमुन शहरका फोहर संकलन गरे । वितग चार वर्षदेखि कोरियाली मुख्य पर्व छुसक तथा सननालमा यसैगरी झापा मिलन समाज कोरियाले सरसफाई कार्यक्रम गर्दै आएका छन् ।
 
कन्काई साँगितिक सैागातको आय ब्याय सार्बजनिक
  
 
कोरियाको महान चाड चुसकको अबसर पारेर २०१६ सेक्टेम्बर १५ तारिक झापा मिलन समाज द. कोरियाले संस्था स्थापनाको एक दशक देखी नै विभिन्न सामाजिक कार्यमा सहकार्य गर्दै आइरहेको संस्थाले पहिलो पटक नेपाल बाट ख्याति प्राप्त कलाकारहरु आमन्त्रण गरि कन्काई साँगितिक सैागात कार्यक्रम सम्पन्न गरेको थियो ।कार्यक्रम लाई सफल बनाउन संस्थाका संरक्षक ज्यू ,सल्हाकार ज्यूहरु, साथै प्रत्यक्ष अप्रत्यक्ष रुपमा सस्थालाई सहयोग गर्नु हुने कोरियाबासी वुदिजिवी दाजु भाई तथा दिदी बहिनी,राजनीतिक दल,व्यावसायी,पत्रकार, संघ सस्था ,विद्यार्थी तथा शुभचिन्तक महानुभावहरु लाई झापा मिलन समाज परिवारको तर्फबाट महत्वपूर्ण सहयोग प्रति हार्दिक नमन गर्दछ । समाजले कार्यक्रम गर्नुको उदेस्य अनुरुप कोरियाको ओधोगिक नगरीमा आपत बिपतमा काम छोडेर बसेका नेपालीहरुको लागी बस्नको ब्यबस्थाको लागी ब्यबस्थित पाथिभरा हाउस(छन्से घर) लिई सकेको कुरा
 
" हिमचुलीमा " बोलको गीतको भिडियो कान्तिपुर गोल्ड टेलिभिजन मार्फत केही दिन अघि सार्वजनिक
   नेपाल कोरिया न्युज सम्बाददाता
 
दक्षिण कोरियाको ब्यस्त समयमा पनि बचेको समयलाई सदुपयोग गर्दै गायक बिकास बिक र गीतकार नगेन्द्र थापा मगरले पहिलो आधुनिक तथा पप गीतको एल्बम " थाहै नपाई " बजारमा ल्याएको लामो समय पछि " हिमचुलीमा " बोलको गीतको भिडियो कान्तिपुर गोल्ड टेलिभिजन मार्फत केही दिन अघि सार्वजनिक गरिएको थियो । नव उदयमान पोखरेली गायक बिकास बिकको स्वर र संगीत रहेको उक्त एल्बममा स्वयम गायकले पनि गीत लेखेका छन, भने खोटाड़्गे चेली मिना राईले पनि गीत लेखेकी छिन । जम्मा ८ ओटा गीत रहेको उक्त एल्बममा बाकी ५ ओटा सबै गीतकार नगेन्द्र थापा मगरले लेख्नु भएको छ । एउटा गीत गायिका मेचु धिमालले पनि स्वर दिएकी छिन ।
 
वुमन फर वुमनले सेप्टेम्बर ४ मा तीज मनाउने
   नेपाल कोरिया न्युज सम्बाददाता
 
वुमन फर वुमनले सेप्टेम्बर ४ मा तीज मनाउने सोल, दक्षिण कोरिया - महिलाहरुको साझा संस्था वुमन फर वुमन दक्षिण कोरियाले महिलाहरुको महान चाड हरितालिका तीज मनाउने भएको छ । संस्थाले कोरियामा रहेका नेपाली दिदिबहिनीहरुलाई आफनो मौलिक संस्कृति, परम्परा र धर्म जोगाईराख्न परदेशमा समेत नेपालमा भएको भान गराउन यो कार्यक्रमको आयोजना गरिएको वुमन फर वुमनकी अध्यक्ष मल्लिका थकालीले बताईन् । सेप्टेम्बर ४ तारिखको दिन सोलस्थित नेपाल हाउसमा कार्यक्रम हुनेछ ।अध्यक्ष थकालीले सो दिन कोरियामा रहेका सम्पुर्ण दिदिबहिनीलाई बिशेष अनिवार्य उपस्थित हुन आग्रह गरिन् ।
 
रामचन्द्र बचाऊ अभियानको लागि कोरियाबाट उठाइएको रकम आपतकालिन राहत कोषमा राखिने(संस्थाको प्रेस बिज्ञप्ति सहित)
   नेपाल कोरिया न्युज सम्बाददाता
 
रामचन्द्र बचाउ अभियान मा ५४ लाख वोन संकलन , सम्पुर्ण रकम आपतकालीन कोषको रुपमा कोरिया मानै रहने। हिसाब किताब सार्बजनिक,संस्थाको प्रेस बिज्ञप्ति सहित साउदी जेलमा बन्दी जीवन बिताई रहेका काभ्रेका रामचन्द्र तिमल्सिनाको सहयोगका लागि दक्षिण कोरियामा काभ्रे सम्पर्क समितिले चलाएको अभियानमा ५४ लाख कोरियन वन संकलन भएको छ। सहयोगी मनका धनिहरुको नामावली काभ्रे सम्पर्क समितिको फेसबुक पेजमा हेर्न सक्नु हुने छ। साथै कुनै गल्ती भएको भए जानकारी पनि गराउनु होला। अपिल आदरणीय कोरिया बासी नेपाली समुदायमा काभ्रे सम्पर्क समिती दक्षिण कोरिया हार्दिक धन्यवाद टक्र्याउन चाहन्छ। काभ्रे सम्पर्क समिती प्रती बिगतमा झैं यो पटक पनि यहाँहरुको बिस्वस्नियताले गर्दा रामचन्द्र सहयोग अभियान सफल भएको छ।भने पारदर्शी संयोजन गर्ने हाम्रो दायित्वका बिच कुनै कमि कमजोरी भएको भए यहाँहरुले निर्धक्क हामिलाई मेसेज गर्नु होला। बिगतमा संस्थाहरुको एकता र सहकार्यमा अघि बढेको यस ग्रुपमा सम्पुर्ण संघ संस्थाका प्रतिनिधि, बुद्दिजिबी,पत्रकार तथा सामजिक अभियन्ताहरुमा सर्वप्रथम नमस्कार ।
 
कोरियाको प्रसिद् गुम्बामा कन्काई सांगितिक सैागातको पोस्टर सार्बजनिक हुंदै
   कार्यक्रम सफल बनाईदिन कोरियाका सम्पूर्ण नेपाली संघसंस्थाहरुमा अनुरोध
 
Buddha was Born in Nepal को सन्देश दिदै यहि आईतबार तारिक झापा मिलन समाजले गर्न लागेको साँस्कृतिक कार्यक्रम (कन्काई साङ्गितिक सैागात) को पोस्टर कोरियाको प्रसिद्ब बैाद्ब गुम्बामा सार्बजनिक हुने भएको छ । उक्त कार्यक्रम कोरियाको महान चाड छुसक २०१६ सेप्टेम्बर १५ तारिकका दिन हुन गईरहेको छ । गत महिना नेपाली सम्पर्क समितिको अनुमतिमा सम्पुर्ण पुर्वान्चलवासीहरुको प्रतिनिधित्ब गर्दै झापा मिलन समाजले कार्यक्रम गर्ने लागेको हो । स्थापनाको करिब एक दशकमा गर्न लागेको कार्यक्रममा नेपाललको ख्याति प्राप्त कलाकारहरुको साथमा बेजोड प्रस्तुति"हुने भएको छ। उक्त कार्यक्रमको आबस्यक सम्पुर्ण प्रक्रिया तिब्रताका साथ भईरहेको कार्यक्रम संयोजक राजु सन्तोषी थापाले जानकारी दिएका छन । कार्यक्रमको उद्धेश्य बिगत चैातिस महिना अगिबाट संन्चालित पाथिभरा हाउस ( सेल्टर) दिर्घकालिन रूपमा ब्यबस्थित गर्ने उद्धेश्यका साथ गर्न लागिएको हो । कन्काई सांगितिक सैागातलाई सफल
 
जुलाई ३१ म्याग्दी रनिङ् कपमा (के एम ई रेमिट) नेपाल इन्भेष्टमेन्ट बैंक को खाता खोल्न सकिने ।
   नेपाल कोरिया न्युज सम्बाददाता
 
जुलाई ३१ म्याग्दी रनिङ् कपमा (के एम ई रेमिट) नेपाल इन्भेष्टमेन्ट बैंक को खाता खोल्न सकिने । सौल, दक्षिण कोरिया म्याग्दी रनिङ कप २०१६ को खेल टाईशीट तयार १८ टीमको सहभागितामा कोरियामा म्याग्दी घर स्थापना सहयोगार्थ म्याग्दी प्रवासी नेपाली संघ मोना कोरयाको आयोजनामा सम्पन्न हुन गई रहेको म्याग्दी रनिङ कप २०१६ को खेल टाईशीट तयार भएको छ । कूल १८ टीमको सहभागिता रहेको यस प्रतियोगिता जुलाई ३१ तारिख आईतबारको दिन राजधानी सउलको सुयु शहर स्थित खाङबुक छङसोन्यन सुर्यन ख्वान(Gangbuk sports Center) सम्पन्न हुने छ
 
दक्षिण कोरियामा रहेका झापालीहरु (कन्काई साङ्गितिक सैागात) को तयारिमा जुटदै
  
 
झापा मिलन समाजले कोरियाको महान चाड चुसकको अवसर पारेर सेप्टेम्बर १५ तारिक सांगीतिक कार्यक्रम गर्ने भएको छ । कन्काई सांगीतिक सौंगात नाम दिएर गर्न लागको कार्यक्रम कोरियामा रहेका झापालीहरुले सस्था स्थापना भएको एक दशकमा पहिलो पटक गर्न लागेका हुन ।कार्यक्रममा उपस्थित नेपालीहरुलाई भरपुर मनोरञ्जन दिने हेतुले कार्यक्रमको तयारीमा तीव्ररुपमा जुटेको छन ।
 
कोरियाको महान चाड चुसकमा झापा मिलन समाजले बुहत सांस्कृतिक कार्यक्रम गर्ने
  
 
दक्षिण कोरियामा स्थापनाको एक दशकमा पहिलो पटक झापा मिलन समाजले बुहत सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । यहि आईतबार नेपाली सम्पर्क समितिले गरेको कार्यक्रम बांडफाडमा झापा छनौंट भएको हो । नेपाली सम्पर्क समितीले गरेको छनौंटमा सास्कृतिक कार्यक्रमतर्फ चितवन सम्पर्क समिति,झापा मिलन समाज र बाग्लुङ सम्पर्क समिति र चिठ्ठा खुलाउने संस्थाहरू ईलाम सौर्यदय सेवा समाज, वुमन फर वमन र नुवाकोट सेवा समाज परेका छन् । धुर्मुस सुन्तली फाउनडेसन सहयोगार्थ तथा
 
भिमा कुमारी बचाउ अभियान कोरियामा संकलित झण्डै साढे अडचालीस लाख वोन आजै जापान पठाइयो, सहयोगी हातप्रती बिरामी भिमाद्धारा आभार प्रकट
   पुष्प श्रेष्ठ
 
भिमा कुमारी बचाउ अभियान कोरियामा संकलित झण्डै साढे अडचालीस लाख वोन आजै जापान पठाइयो, सहयोगी हातप्रती बिरामी भिमाद्धारा आभार प्रकट पुष्प श्रेष्ठ भिमा कुमारी बचाउ अभियान कोरियाले संकलन गरेको अडचालीस लाख चौवन्न हजार दुइ सय दुइ वोन आज जापान पठाइएको छ । कोरियामा संकलित उक्त रकम आजै मुटुरोगी भिमाको खाता नम्बर १७४९०६०९८९०११ मा रकम पठाईसकेको जानकारी अभियानले दिएको छ । मुटुको समस्या देखिएपछि अस्प्ताल पुगेकी भिमालाई तत्कालै मुटुको भल्भ फेर्नुपर्ने भएपछि जापान र कोरियामा सहयोग रकम संकलन गरिएको थियो ।
 
नेपाल कोरिया न्युज डट कमद्वारा आयोजित तेस्रो ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
  
 
नेपाल कोरिया न्युज डट कमद्वारा आयोजित तेस्रो ब्याडमिन्टन प्रतियोगिता सफल पूर्वक सम्पन्न भएको छ । दक्षिण कोरियामा रहेका ब्याडमिन्टन प्रेमी खेलाडीहरुको रुचिलाई ध्यानमा राखी नेपाल कोरिया न्युज डट कमले २०१४ देखि प्रत्येक बर्ष लगातार रुपमा यो प्रतियोगिता खेलाउंदै आईरहेको छ । यस पटक मेन्स सिंगल तर्फ कुल १४ जनाको सहभागिता रह्यो भने मेन्स डबल तर्फ पनि १४ वटा टीमहरुको सहभागिता रहेको थियो । पहिलो र दोस्रो प्रतियोगितामा नक आउटको आ
 
कोरिया भाषा परीक्षाको तयारी अब मोबाइल एपबाटै
  
 
रोजगारीका लागि काेरिया जान चाहनेहरूका लागि अनिवार्य रहेको भाषा परीक्षाको तयारी अब मोबाइलमै गर्न सकिने भएको छ। नेपालमै इपिएस परीक्षाको तयारीका लागि मोबाइल एप woori eps test तयार भएको छ। उरी कन्सलटेन्सी प्रालिले एन क्लाउड र साइबर लिङ्क प्रालिको संयुक्त प्रयासमा बनेको यो एपमा इपिएस टपिक परीक्षामा जस्तै सुनाइ र पढाइ गरी २५/२५ वटा प्रश्नहरु र सम्भावित उत्तर राखिएका छन्। इपिएसमा जस्तो किसिमले प्रश्न सोध्ने गरिन्छ, त्यही शैलीमा हामीले एपमा प्रश्नहरुको सेट राखेका छौँ, उरी कन्सलटेन्सीका उदेश श्रेष्ठ भन्छन्,
 
NCC ले छुसकका लागि कार्यक्रम बाँडफाँड गर्ने
  
 
यस वर्ष २०१६ को छुसकका लागि कोरियामा विभिन्न संघसंघस्थाले अायोजना गर्ने साँस्कृतिक कार्यक्रम र भाग्यशाली चिठ्ठा उपहार कार्यक्रमको वाँडफाँड यहि जुन २६ तारिख गरिने भएको छ । आइतबार बसेको एनसिसिको केन्द्रीय कार्य समितिको वैठकले सो निर्णय गरेको जनाएको छ | एनसिसि विभिन्न संघसंस्थाहरूको छाता संस्था भएकाले आबद्ध संघसंस्थाले कार्यक्रमका लागि निवेन दिन पाउने छन् । अावश्यक प्रक्रिया पुरा भएको खण्डमा छुसकका लागि ६ अोटा संघसंस्थाले कार्यक्रम गर्ने पाउने व्यवस्था गरिएको छ ।
 
कोरियन क्रीकेट एसोसिएसन च्याम्पियनसिप कपमा नेपाली क्रीकेट टोली सहभागि हुने
   नेत्र पौडेल
 
कोरियन क्रीकेट एसोसिएसन च्याम्पियनसिप कपमा नेपाली क्रीकेट टोली सहभागि हुने नेत्र पौडेल ,दक्षिण कोरिया - कोरियन क्रीकेट एसोसिएसन च्याम्पियनसिप कप मा नेपाली क्रीकेट टोली पनि सहभागि हुने भएको छ। आगामी मे २९ तारिक आइतबार देखि सुरु हुने उक्त खेल मा कोरियामा ई -९ भिजा मा आई काम गरिरहेका युबाहरु द्वारा गठन गरिएको नेपाल राहिनो समुहले सहभागिता जनाउने जानाकारी संस्था का कप्तान राज श्रेष्ठले दिनुभएको छ।
 
नेपाल कोरिया न्युजको ब्याडमिन्टन प्रतियोगिता जुन १९ तारिख हुने
   ब्याडमिन्टन खेलाडीहरुलाई जुन १२ भित्र टीम दर्ता गराउन आग्रह
 
नेपाल कोरिया न्युज डट कमद्वारा प्रत्येक बर्ष आयोजना गर्दै आईरहेको ब्याडमिन्टन प्रतियोगिता यहि जुन १९ तारिखका दिन आयोजना गरिने भएको छ । यस अगाडी मे २९ का दिन आयोजना गरिने मिति तोकिएको थियो तर सम्पूर्ण तयारीहरु नसकिएको हुंदा उक्त मितिबाट जुन १९ तारिखका दिन सारिएको जनाइएको छ । हालसम्म नक आउटको आधारमा आयोजना गर्दै आईरहेको प्र
 
कुक्मिन बैंकबाट बिना खाता सरल र सहज रेमिट सेवा सुरु :
   नेपाल कोरिया न्युज सम्बाददाता
 
कुक्मिन बैंकबाट बिना खाता सरल र सहज रेमिट सेवा सुचारु : दक्षिण कोरिया , सौल कोरियामा आप्रवाशी बिदेशीहरुको चाप बढे सँगै सबैको सेवा सुबिधा र आवश्यकतालाई मध्यनजर गर्दै कोरिया सरकारले पनि नयाँ नीति नियममा परिमार्जित गर्दै गइरहेको छ! कोरियामा रोजगारी र ब्यबसाय मार्फत आर्जन गरेको रकमलाइ बिप्रेषण गरि आफ्नो मुलुकमा पठाउन बैंकिंग प्रणाली मात्र रहेको र यस प्रणाली केहि असुविधा, र झन्झट भएको हुँदा यसलाई खुल्ला नीति मार्फत रेमिट्यान्स कम्पनीहरु खोल्न पाउने नयाँ नियम केहि समय अघि मात्र कोरिया संसदबाट पारित भएको थियो !
 
घुम्ती ऎना ( कन्भेक्स मिरर ) उदघाटन तथा हस्तान्तरण
   भोज अधिकारी
 
घुम्ती ऎना ( कन्भेक्स मिरर ) उदघाटन तथा हस्तान्तरण भोज अधिकारी दक्षिण कोरिया नमस्ते पाल्पा परिवार दक्षिण कोरियाले सडक दुर्घटना न्यूनीकरण गर्न बुटवल-पाल्पा सडक खण्डको लागि कोरिया बाट पठाईएको सडकको घुम्तिमा राखिने ऎना ( कन्भेस मिरर ) ०७३ बैशाख २२ गते पाल्पामा एक औपचारिक कार्यक्रम मार्फत उदघाटन तथा हस्तान्तरण गरेको छ । भौगोलिक अबस्थिती कारण नेपालका सडकहरु घुम्ती नै घुम्तीले बनेको छ ।
 
नेपाल बौद्ध परिवारका अध्यक्ष ईश्वर गुरुङको सडक दुर्घटनामा मृत्यु
   दक्षिण कोरियाका सम्पूर्ण नेपाली समुदाय शोकाकुल
 
दक्षिण कोरियाको नेपाली समुदायमा एकदमै चिरपरिचित ब्यक्ति श्री ईश्वर गुरुङ यहि मे ५ का दिन बेलुका ई्न्छनमा भएको सडक दुर्घटनामा परी मृत्यु भएको जानकारी प्राप्त भएको छ । नेपाल बौद्ध परिवारका अध्यक्षको नाताले लोटस ल्यान्टर्न फेष्टिभलको तयारी हुंदैगरेको अवस्थामा त्यस फेष्टिभलको मुखैमा वहाँको मृत्युले दक्षिण कोरियाका सम्पूर्ण नेपाली समुदायमा दुःख छाएको छ ।
 
कोरियाली भाषा परीक्षाका आवेदन केन्द्र तोकिए
   नयाँ पत्रिका
 
कोरियाली भाषा परीक्षाका आवेदन केन्द्र तोकिए काठमाडौं, ४ वैशाख कोरियाली भाषा परीक्षाका लागि आवेदन संकलन केन्द्र तोकिएका छन् । इपिएस कार्यालयका प्रमुख डिल्लीराम बाँस्तोलाका अनुसार काठमाडौं उपत्यकामा ५ आवेदन केन्द्र र अन्य ५ जिल्लामा ११ केन्द्र तोकिएका छन् ।
 
रिचर्ड राईको पल पल सार्वजानिक
   नेपाल कोरिया न्युज सम्बाददाता
 
रिचर्ड राईको पल पल सार्वजानिक: हाल दक्षिण कोरियामा रहेका नेपाली युवाहरु गित, संगीत, गायन, निर्देशन,लेखन र मोड्लिंग कला क्षेत्र तर्फ धेरैको आकर्षण बढिरहेको देखिन्छ! यहि भिडमा दुई प्रतिभावान उदयमान गायक रिचर्ड राई र मोडल अमिर ताम्राकारले पनि नेपाली कला क्षेत्रमा पाइला टेकेका छन्!
 
जंगलमा भएको सुकेको रुख देखि डराउनु पर्छ: बिपिन गुरुङ
  
 
हरियाली जंगलमा धेरै हरियाली बोट बिरुवाहरु र रुखहरु हुन्छन् । हरियाली जंगलमा सितल छहारी पनि पाईन्छ । तर जब त्यही हरियाली जंगलको एउटा बिरुवामा आगो लगाईन्छ त्यो आगोले त्यही रुख मात्र जल्दैन कि त्यहि आगोले एउटा सुन्दर र हरियाली जंगल नै सखाप हुन सक्दछ । समाज र परदेशमा रहेर आफुलाई राम्रो मान्छे र अगुवाई भनी जसले आफुलाई पत्रकार भन्ने ठान्दछन् र दक्षिण कोरियामा बिभिन्न अनलाईन मिडियामा समाचार लेख्ने गर्दछन् । ती पत्रकार साथीहरुलाई सानो सुझाव के छ भने जसको गल्ती छ त्यसलाई राम्रोसंग बुझेर मात्र लेख्नुपर्ने हुन्छ ।
 
सुदुरपश्चिम् समाज बुसानले अप्रिल १० मा नेपाली नयाँ बर्ष तथा बिसु पर्व मनाउने
  
 
नेपाली नयाँ बर्ष को अवसर पारेर सुदुरपश्चिम् समाज बुसान कोरियाले यहि आउदो १० तारीख मा नयाँ बर्ष २०७३बिशु पर्व मनाउने भएको छ। बिशु पर्व लाई आफन्तहरुसङ्को मेलमिलाप एकता र मित्रताको प्रतीक को रुपमा मुख्य चाडपर्ब मान्ने चलन सुदुरपश्चिममा रहिआएको छ । उक्त कार्यक्रम मनाउन सु.प. समाज बुसानले सहदेव भट्टको संयोजकत्वमा आयोजक कमिटी गठन गरेको छ ।
 
कोरियामा अनमोल र भुवन सगै ड्रिम्स भब्य प्रदर्शन,
   कृष्ण पुरी
 
कोरियामा अनमोल र भुवन सगै ड्रिम्स भब्य प्रदर्शन, कोरियाको सउल स्थित दोंदेमुनमा आज अप्रिल ३ तारिख एक्टिभ युथ ग्रुप कोरीयाको आयोजनामा अहिलेको चर्चित ब्यबसायिक सफलता हासिल गरेको चलचित्र ड्रिम्स भब्यरुपमा सफल प्रदर्शन भएको छ lनेपाली सिनेजगतका सदाबहार नायक भुवन के सी तथा अहिलेका सुपरस्टार सर्बाधिक लोकप्रिय नायक अनमोल केसी को साथमा उक्त फिल्म प्रदर्शन भएको थियो l
 
नायक अनमोल केसीले कोरियामा जन्मदिन मनाए
   नेपाल कोरिया न्युज समाचारदाता
 
नायक अनमोल केसीले कोरियामा जन्मदिन मनाए दक्षिण कोरिया ,सौल नेपाली चलचित्र जगतका सदाबहार नायक भुवन केसी र अहिलेको चर्चित लोकप्रिय नायक अनमोल केसी आफ्नो सुपरहिट तथा नयाँ कृतिमान राख्न सफल चलचित्र "ड्रिम्स" लिएर हाल कोरियामा हुनुहुन्छ ! कोरियाको छ वटा शहरमा प्रदर्शन हुदै गएको चलचित्र गत हप्ता कोरियाको किम्हे शहरमा भब्य प्रदर्शन हुनुका साथै यस हप्ता सउलमा प्रदर्शन भईरहेकोछ
 
अप्रिल ३ तारीक
   नेपाल कोरिया न्युज समाचारदाता
 
अप्रिल ३ तारीक "ड्रिम्स" संगै नेपाल इन्भेष्टमेन्ट बैंक र कुक्मिन बैंक मार्फत रकम पठाउन बैंक खाता खोल्ने सेवा यहि आउदो अप्रिल ३ तारिकका दिन सौल स्थित तोंदेमुनको कुक्मिन ह्वेगन हलमा नेपालमा हालै नयाँ कृतिमान राख्न सफल चलचित्र "ड्रिम्स" प्रदर्शन हुन गइरहेको छ! कोरियामा रहनुभएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको निम्ति आफ्नो चलचित्र लिएर सदाबहार नायक भुवन केसी र अहिलेको चर्चित( लोकप्रिय) चकलेटी नायक दक्षिण कोरिया आइपुग्नु भइसकेको छ! यसै दिन नेपालीहरुको जममघट, सेवा सुविधालाई मध्येनजर गर्दै कोरियाको कुक्मिन (Kb) बैंक कर्मचारी र नेपाल इन्भेष्टमेन्ट बैंकका प्रतिनिधिहरु द्वारा नेपालमा सरल र सुलभ तरिकाले बैधानिक रुपमा रकम पठाउनको निम्ति नयाँ खाता खोल्ने तथा रेमिटेन्स सम्बन्धि जानकारी सेवा पनि उपलब्ध हुदैछ!
 
ड्रिम्स लिएर नायकद्वय भुवन केसी र अनमोल के सि कोरियामा
   गोबिन्द गौतम
 
नेपाली सिनेजगतका सदाबहार नायक भुवन के सी तथा अहिलेका सुपरस्टार नायक अनमोल के सी आफ्नो भर्खरै प्रदर्शनमा आएको सुपरहिट नेपाली चलचित्र ड्रीम्स लिएर कोरिया आईपुगेका छन।
 
केएमइ (KME ) रेमिट संचालनमा
   नेपाल कोरिया न्युज समाचारदाता
 
केएमइ (KME ) रेमिट संचालनमा कोरियामा केहि केहि समय अघि देखि बैंकिंग सहकार्यमा संचालनमा आएता पनि अधिकांसले अबैधानिक संचालित हुण्डी मार्फत आकर्षित भएको हुँदा यस कम्पनीले खासै फड्को मार्न नसकेको थियो! केहि समय अघि हुण्डी मार्फत ठगि र फरार घटनाहरु घतिरहन्थ्यो!यस पटक पनि नेपालीहरुको दुखले कमाएको करोडौ रुपियाँ लिएर हुण्डी कारोबारीहरु फरार भएका छन्! र अन्य व्यक्तिहरु रकम उठाएर हुने दिनानुदिन यस्तै प्रकृतिका ठगीका घटनाहरु समाचारमा छाइरहेको छ!
 
(आमाको पीडा)
   मेघराज पौडेल
 
आमाको पीडा) जननी आमा तीमी जन्माएर गयौ कीन लालन-पालन नगरी अन्तरध्यान भयौ किन तीमी रोईरहीछ्यौ कताकता हामी टुलुटुलु हेरीरहेछौ तीमीलाई तीम्रै आसुको साहारामा बाचीरहेछौ तर हामी हासीरहेछौ तीमी रोईरहीछ्यौ ।
 
कोरियाबाट फर्केर लेकसाईडमा सुविधा सम्पन्न होटल पोखरा गुडविल सञ्चालन
   गोकुल बानियाँ
 
लेकसाईडमा सुविधा सम्पन्न होटल पोखरा गुडविल सञ्चालन गोकुल बानियाँ, पोखरा १० चैत्र । पोखराको मुख्य पर्यटकिय क्षेत्र लेकसाईडमा सुविधा सम्पन्न होटल पोखरा गुडविल सञ्चालनमा आएको छ । सुरुको एक महिना २५ प्रतिशत छुट दिने गरी गुडविल ग्रुप अन्तर्गत होटल सञ्चालनमा आएको हो ।
 
बेलायति राजकुमारलाई मन छुने चिठ्ठी:
   सरगम भट्टराई
 
बेलायति राजकुमारलाई मन छुने चिठ्ठी: डियर प्रिन्स ह्यारी, नमस्ते, हाउ आर यु देयर ईन दि ल्यान्ड अफ अर्थक्वेक ? परदेशमा काम गर्दा गर्दै टेलिभिजनमा देखेँ तिमीलाई । तिमी त कोहि नपुगेको भूकम्पपीडितको च्यातिएका त्रिपाल मुनि पुग्यौ रे, भत्किएका घर मुनि गयौ रे, अनि आँखामा आँसु टिलपिल गर्दै गरेका चेलीहरुसंगै बसेर दु:ख साट्यौ रे !
 
धादिङ्ग समाज कोरियाको बृहत भेला तथा पाँचौ अधिबेशन अप्रिल ३ मा
   नेपाल कोरिया न्युज समाचारदाता
 
धादिङ्ग समाज कोरियाको बृहत भेला तथा पाँचौ अधिबेशन अप्रिल ३ मा हुने धादिङ समाज दक्षिण कोरीयाले आफ्नो स्थापना काल देखिनै हरेक बर्षको सलनालमा गर्दै आईरहेको बृहत भेला तथा संस्थाको अधिबेशन यस पटक भने बिबिध कारणले गर्दा केहि समय पछी पर्न गएकोमा सो प्रति पुन: एक पटक क्षमा चाहँदै समाजको पाँचौ अधिबेशन निम्न मिति, समय र स्थानमा गर्न लागिएको कुरा जानकारी गराउँदै, कोरीया बासी धादिङेली तथा धादिङ प्रेमि सम्पूर्ण लाई गौरबमय उपस्थितिको लागी समाजले सबैमा बिनम्र अनुरोध गरिएको छ !
 
नेपाल रेमिटको कोरियामा कारोबार सुरु
   नेपाल कोरिया न्युज समाचारदाता
 
कोरियाबाट गैह्र कानुनी रुपमा पैसा बाहिरिने र भित्रिने प्रवृतिलाइ निरुत्साही गर्न कोरिया सरकारले प्राइभेट वित्तीय कम्पनिहरु मार्फत बैंक भन्दा सस्तो र सुलभ दरमा रेमिट्यान्स आदान प्रदानको ब्याबस्था मिलाउने भएको छ l यहा रहेका नन बैंकिंग प्रबिधिका वित्तीय कम्पनिहरु जस्तै ब्रोकरेज इन्सुरेन्स तथा अन्य फाइनान्स कम्पनि हरुलाई सरकारले यो सेवाको लागि अनुमति दिने भएको छ! यस अघी विदेशी मुद्राको कारोबार केबल बैंकहरुले मात्र गर्ने गरेको थियो ।
 
किम्हेमा ड्रिम्स मार्च २७ मा प्रदशन हुने।
   नेपाल कोरिया न्युज समाचारदाता
 
किम्हेमा ड्रिम्स मार्च २७ मा प्रदशन हुने। अहिले नेपालभर अत्यधिक चर्चामा रहेकाे अनमाेल केसिकाे नयाँ फिल्म ड्रिम्स बुसानमा यहि अाउने २७ तारिक प्रदशन हुने भएकाे छ। हाेस्टेल र जेरिकाे काे अपार सफलता पछि अनमाेल केसिकाे तेस्राे फिल्म ड्रिम्स नेपालमा अहिले दाेस्राे हप्तामा प्रदशन भईरहेकाे छ।४ दिनमा २ कराेडकाे हाराहारिमा कमाई गरिसकेकाे ड्रिम्स नेपाली सिने जगतमै उत्कृष्ट फिल्म बनेकाे फिल्मका निर्देशक भुवन केसिकाे दावि छ। फिल्म हेर्ने अाम दर्शकले फिल्मकाे हरेक पक्षहरु राम्राे भएकाे र निकै उत्कृष्ट फिल्म रहेकाे भनी प्रशंसा गरेका छन्
 
"प्रेमगित" चलचित्रले काेरियामा धमाका मच्चायाे ।
   नेपाल कोरिया न्युज समाचारदाता
 
"प्रेमगित" चलचित्रले काेरियामा धमाका मच्चायाे । साेल, मार्च १३ "नेपाली कला र संस्कृतिकाे संरक्षण गराै, प्रबासमा रहेका खेलाडीको सम्मान गराै भन्ने" मुल नाराका साथ मार्च १३ तारिकमा कास्की परिवार दक्षिण काेरियाले सउलमा प्रदर्शन गरेकाे नेपाली कथानक चलचित्र "प्रेमगित" अति सफल भएकाे संथाका सचिब तथा संचालक पुष्पराज तिमिल्सिनाले बताउनु भयाे ।
 
थकाली सेवा समाज कोरियाले मार्च २७ तारिख प्रतिष्प्रर्धात्मक आर्चरी खेलको आयोजना गर्ने
  
 
थकाली जातीको महान पर्व तोरन्ल्ह (फागु पूर्णिमा होली) मा थकालीहरुको प्रमुख खेल आर्चरी (तारा खेल) मार्च २७ तारिख आईतबार प्रतिष्प्रर्धात्मक रुपमा आयोजना गर्ने भएको छ । रोजगार तथा ब्यबसायको लागि कोरिया आई कार्यरत रहेका आर्चरी खेलाडीहरुको खेल कौशललाई प्रोत्साहन गर्ने उद्देशय अनुरुप थसेस कोरियाले कोरियाली भूमिमा सम्भवत: पहिलो पल्ट प्रतिष्प्रर्धात्मक तारा खेलको आयोजना गर्न लागेको हो । आयोजनामा ३० देखि ४५ मिटर सम्मको दूरीमा नेपालबाटै ल्याईएको धनुष बाण प्रयोग गरि नेपालका चर्चित आर्चरी खेलाडीहरुले प्रतिष्प्रर्धा गर्ने छन । राजधानी सउलको मोकदोङ स्थित मोकदोङ याङगुङ जाङमा सम्पन्न हुने प्रतिष्प्रर्धात्मक तारा खेलमा संस्थागत
 
प्रेम गितको तयारी पूरा
   नेपाल कोरिया न्युज सम्बाददाता
 
प्रेम गितको तयारी पूरा कास्की परिवार दक्षिण कोरिया ले यहि मार्च 13 को दिन मा प्रदर्सन गर्न लागेको नेपाली चलचित्र प्रेमगीत को सम्पुर्ण तयारी पूरा भयको छ। मार्च 6 मा बसेको कास्की परिवार को बैठकद्वारा विभिन्न कार्य बिभाजन तथा जिम्मेवारी बाड फाड गर्दै सम्पुर्ण तयारी पुर्ण गरिएको जानकारी कास्की परिवार का अध्यक्ष खोम प्रसाद गुरुङ ज्यु ले गराउनु भयो । प्राय हामी मनोरञ्जन को फिल्म हेर्ने गर्दछौ तर हामी युबा पुस्ता ले नेपाली फिल्म हेरेर मनोरन्जन प्राप्त गर्न सकिरहेका छैनौ उहीँ घिसिपिटी सुत्र उहीँ रोना धोना पत्याउन नसकिने खालका द्वन्द का दृश्य साथै भद्दा अङ्गप्रदर्सन अनि अस्लिल बेड सिन का दृश्य यिनै वरि परि केन्द्रित भयर बनेका नेपाली चलचित्र हेर्दैमा कसरी मनोरञ्जन प्राप्त गर्न सकिन्छ भन्ने सोच हाम्रो युबा जमात मा छ जस्को कारण हाम्रा युबा हरु नेपाली फिल्म हेर्न को लागि हल सम्म धाउने कष्ट गर्दैनन उनी हरु लाई त हिन्दी तथा हलिवूड का फिल्म हरु ले मात्र तानी रहेको छ फिल्म हल सम्म धेरै नेपाली फिल्म हरु एकै शैली का बनेका कारण पनि नेपाली फिल्म हरु राम्रा हुदैनन भन्ने धारणा युबा पुस्ता मा रहेको छ। तर समय क्रम सङै नेपाली फिल्म हरु पनि स्तरिय बन्न थालेका छन जस्का कारण हिन्दी चलचित्र हरु नेपाली हल हरु मा पर्दशन भयको१/२दिनमै हटेका उदाहरण पनि देख्न सकिन्छ आज भोलि।आज भोलि नेपाली चलचित्र बजार मा चर्चा मा एक दुई फिल्म ले बजार ततायका छन कुनै चलचित्र कथा तथा निर्माण पक्ष ले भन्दा पनि कलाकार को क्रेज का कारण चर्चित बनेको छन भने कुनै कथा गीत संगीत तथा छायांकन आदि का कारण बाट चर्चा को शिखर मा पुगेका छ्न ।
 
जन अधिकार मन्च कोरियाले आउदो ६ गते आइतबारको दिन अन्तरकृया कार्यक्रम गर्ने
   चुडामणि अधिकारी
 
सोल दक्षिण कोरिया -नेपाल कम्युनिस्ट पार्टी एकीकृत माओबादिको प्रवास संगठन जन अधिकार मन्च कोरियाले आउदो ६ गते आइतबारको दिन अन्तरकृया कार्यक्रम गर्ने भएको छ | नेपाली राजदुतावासले आयोजना गरेको "नेपालमा जल संसाधनको बिकाशमा कोरियन लगानी" बिषयक सेमिनारमा विशेष पाउनाका रुपमा आउनु भएका पुर्व उपप्रधानमन्त्री तथा एनेकपा माओबादी उपाध्यक्ष नारायण काजी श्रेष्ठ ज्यु संग बिशेश समय मागगरि कोरिया बसाईको अबशरमा जनअधिकार मञ्च दक्षिण कोरियाले मार्च ६ तारिक अन्तर्कृया गर्ने भएको हो। नेपाल हाउसको सभा हलमा बिहान १० बजे बाट सुरु गर्ने गरि अन्तरक्रियालाई पार्टी उपाध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री नारायण काजी श्रेष्ठ, पुर्व केन्द्रिय सदस्य लक्ष्मी लामा र सेक्रेटरी सुसान्त कर्माचार्यले सम्बोधन गर्ने भएका छन् |
 
राप्ती सम्पर्क मञ्च दक्षिण कोरियाले बृहत् छलफल गर्ने:-
   नेपाल कोरिया न्युज समाचारदाता
 
राप्ती सम्पर्क मञ्च दक्षिण कोरियाले बृहत् छलफल गर्ने:- राप्ती सम्पर्क मञ्च दक्षिण कोरियालको नव निर्वाचित कार्यसमितिले बृहत् छलफल तथा अन्तरकृया सउलको तुङ्देमुनमा गर्ने भएको छ। रोल्पा,रुकुम,दाङ,प्युठान,सल्यान समेटेर निर्माण गरिएको समितिले आफ्नो स्थापनाको छोटो समयमै सामाजिक काम, कर्तव्य,अधिकार र प्रवाशी भुमिमा सस्थालाई कसरी सकृय बनाउने भन्ने बिषयमा बृहत् छालफल मार्फत टुङगोमा पुर्‍याने उदेश्यले बृहत् छलफल तथा अन्तर्कृया गर्न लागिएको सास्थाका अध्यक्ष बिरकुमार वलीले जानकारी गराउनु भयो।
 
सपोर्ट नेपाल फाउन्डेशनले गरयो आय व्यय सार्वजनिक
   नेपाल कोरिया न्युज समाचारदाता
 
सपोर्ट नेपाल फाउन्डेशनले गरयो आय व्यय सार्वजनिक डोनेशनमा १ करोड३८ लाख वन संकलन , कोरियन सलनालमा भएको सांस्कृतिक कार्यक्रम सफलता पूर्वक सम्पन्न गर्न सहयोग गर्नेलाई धन्यवाद ज्ञापन किम्हे। फ्रेबुअरी २९ । सपोर्ट नेपाल फाउन्डेशनले सलनालमा गरेको आय व्ययको विवरण सार्वजनिक गरेको छ । आर्थिक सहयोगमा विभिन्न व्यक्ति र संघ संस्थाबाट कोरियन वनमा १ करोड३८ लाख ३० हजार ३ ५४ रहेको छ । कार्यक्रममा ९ सय २८ वटा टिकट विक्री भएको थियो । यसैगरी कार्यक्रम तर्फ टिकट र स्पोन्सरबाट २ करोड ३७ लाख ५० हजार गरी जम्मा आम्दानी ३ करोड ७५ लाख ८० हजार ३५४ रहेको छ । यसैगरी खर्च तर्फ कोरियामा २करोड ५ लाख ४१ हजार ८१० वन र नेपाली रुपैयामा नेपालमा भएको खर्च रुपैंयामा ४लाख १९ हजार रहेको संस्थाले जनाएको छ ।
 
कोरियाको शहर शहरमा ड्रिम्स, ख्वाङ्ग्जु शहरमा पनि प्रदर्शन हुने
   नेपाल कोरिया न्युज समाचारदाता
 
#ग्वाङ्जुमा_पनि_ड्रिम्स हाेस्टेल र जेरि जस्ताे सुपरहिट फिल्ममा अाफ्नाे जादु देखाईसकेका चकलेटि नायक अनमाेल केसिकाे तेस्राे फिल्म ड्रिम्स छल्लानाम्दाे ग्वाङ्जु शहरमा पनि प्रदशन हुने भएकाे छ।दक्षिण काेरियामा एक्टिभ युथ नेपालले प्रायाेजन गरेकाे याे फिल्म ख्वाङ्जु शहरमा "महिला शशक्तिकरण हाम्राे अभियान" ले सहप्रायाेजन गर्ने भएकाे छ।
 
कोरियामा अन्तर्राष्ट्रिय नारि दिवस भव्यताका साथ मनाइने
   नेपाल कोरिया न्युज समाचारदाता
 
कोरियामा अन्तर्राष्ट्रिय नारि दिवस भव्यताका साथ मनाइने "प्रबासमा रहेका सम्पूर्ण नेपाली नारीहरु एकजुट भै देश बिकाशमा लागौ भन्ने "भन्ने मूल नाराका साथ् महिलाका लागि महिला संस्था वुमन फर वुमन दक्षिण कोरियाले अन्तर्राष्ट्रिय नारि दिवस कोरियामा भव्यताका साथ् मनाउने भएको छ l
 
कोरियामा अन्तर्राष्ट्रिय नारि दिवस भव्यताका साथ मनाइने
   नेपाल कोरिया न्युज समाचारदाता
 
कोरियामा अन्तर्राष्ट्रिय नारि दिवस भव्यताका साथ मनाइने "प्रबासमा रहेका सम्पूर्ण नेपाली नारीहरु एकजुट भै देश बिकाशमा लागौ भन्ने "भन्ने मूल नाराका साथ् महिलाका लागि महिला संस्था वुमन फर वुमन दक्षिण कोरियाले अन्तर्राष्ट्रिय नारि दिवस कोरियामा भव्यताका साथ् मनाउने भएको छ l
 
सहयोगको लागि अपिल!!
   गोबिन्द गौतम
 
सहयोगको लागि अपिल!! गोबिन्द गौतम रामेछाप रिट्ठे-२ का उमेश गौतम अन्नपूर्ण न्युरो हस्पिटल माईतिघरमा बिगत तीन महिना देखि अचेत अबस्थामा उपचार गराई रहेका छन। मोटरसाइकल दुर्घटनामा परि होस गुमाएका उनको अझै चेतना खुल्न सकेको छैन। दुर्घटना लगत्तै होस गुमाएका उनको अन्य चोटपटक भने सामान्य नै देखिएको थियो जुन अहिले पुर्ण निको भई सकेको छ। डाक्टर हरुको लामो परिक्षण पछी मस्तिष्कमा गम्भिर खाले चोट देखियो जसको परिकल्पना समेत गरिएको थिएन।
 
कोरियामा पत्रकारीता बिशेष तालिम फेब्रुवरी २१ मा हुने
   नेपाल कोरिया न्युज समाचारदाता
 
कोरियामा पत्रकारीता तालिम फेब्रुवरी २१ मा ,पत्रकारको सदस्यता लिन र रिनो गर्न सकिने सोल- कोरियामा स्थगित गरिएको नेपाली पत्रकारिता तालिम फेब्रुवरी २१ मा हुने भएको छ | सलनालको बिदामा आयोजना गरिएको भए पनि प्राबिधिक कारण स्थगित गरिएको थियो | तालिम नेपाल पत्रकार महासंघ र आदिबासी जनजाती पत्रकार महासंघ कोरिया शाखाले आयोजना गर्न लागेका हुन् | तालिम दिन नेपालबाट कान्तिपुर दैनिकका सहायक सम्पादक/क्रिएटिभ कोअर्डिनेटर अखण्ड भण्डारी कोरिया आइसकेका छन् ।
 
धनकुटा सेवा समाजको साधारण सभा सम्पन्न , चन्द्र राइ अध्यक्षमा सर्बसम्मत पुन: निर्बाचित
  
 
धनकुटा सेवा समाजले कोरियन चाड सालनालको बिदाको पहिलो दिन फेब्रुअरि ७ तारिख दोङ्देमुन कुमारी भान्छाघरको सभा हलमा आफ्नो तेस्रो साधारण सभा सम्पन्न गरेको छ । दोङदेमुनमा भएको साधारण सभाले चन्द्र राइको अध्यक्षतामा २१ सदस्यि्य नयाँ कार्यसमिती चयन गरेको छ ।कार्यसमितिमा परदेश राइ बरिष्ठ उपाध्यक्ष , बाबुराम राइ र धानु थापा उपाध्यक्ष , राजेन्द्र शाक्य सचिब , सहसचिब पुर्ण राइ
 
राप्ती सम्पर्क मञ्चको अध्यक्षमा बीर कुमार वली चयन
   मञ्चद्वारा सल्लाहकार समिति निर्माण
 
दक्षिण कोरियावासी राप्ती अञ्चलवासीहरुको साझा संस्था राप्ती सम्पर्क मञ्चको यहि फेब्रुअरी ७ का दिन भएको तेस्रो साधारण सभाबाट श्री बीर कुमार वलीको अध्यक्षमा नयाँ कार्यसमिति निर्माण गरेको छ । मञ्चका निबर्तमान अध्यक्ष श्री प्रकाश वलीको सभापतित्वमा भएको उक्त साधारण सभाले निवर्तमान अध्यक्ष प्रकाश वलीलाई शंरक्षकको रुपमा चयन गर्दै ८ सदस्यीय सल्लाहकारहरु सहित १९ सदस्यीय कार्यसमिति निर्माण गरेको छ । जुन कार्यसमिति निम्न अनुसार रहेको छ
 
सपोर्ट नेपाल फ़ाउन्डेशन द्वारा आयोजित बृहत सांस्कृतिक कार्यक्रम भाग - १ भब्य रुपमा सम्पन्न :
   अनिता श्रेष्ठ
 
सपोर्ट नेपाल फ़ाउन्डेशन द्वारा आयोजित बृहत सांस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न : किम्हे, दक्षिण कोरिया "सपोर्ट नेपाल फ़ाउन्डेशनको अभियान ! अनाथ, असाह्य, गरिब बिद्यार्थीलाई ज्ञान !!" भन्ने मुल नारा सहित गत बैशाख १२ गतेको महा-भूकम्पले धोस्त बिस्थापित बिद्यालयहरु पुन:र्निर्माण सहयोगार्थ "सपोर्ट नेपाल फ़ाउन्डेशन" द्वारा आयोजित बृहत सांस्कृतिक कार्यक्रम कोरियाको दक्षीणी भेग किम्हे शहरमा सभ्य र भब्य रुपमा सम्पन्न भएको छ ।
 
कोरियमा निधन भएका ठाकुर प्र.राईको परिबारलाई संखुवासभा सम्पर्क परिबारको आर्थिक सहयोग
   नेपाल कोरिया न्युज समाचारदाता
 
कोरियमा निधन भएका ठाकुर प्र.राईको परिबारलाई संखुवासभा सम्पर्क परिबारको आर्थिक सहयोग फेब्रवरी ८ तारिक कोरियाको नयाँ बर्ष सलनालको बिदामा संखुवासभा सम्पर्क परिबारले नेपालहाउसमा आयोजित कार्यक्रममा जिल्लावासिहरूको बृहत भेटघाट तथा श्रम सहचारी श्री अनिल गुरुङ ज्युको बिधाई कार्यक्रम सम्पन्न गरि कोरियमा निधन भएका ठाकुर प्र.राईका बालबच्चाहरूको शिक्षाको लागि संखुवासभा सम्पर्क परिबारले संकलन गरेको ३,४२२,०००वोन(चौतिस लाख बाईस हजार वोन) राईको परिवारलाई हस्तानतरण गर्ने भएको छ ।
 
फेब्रुअरी २१ तारिकमा जनाधिकार मन्च आन्सान क्षेत्रको अधिबेशन हुने
   गोबिन्द गौतम
 
जनाधिकार मन्च दक्षिण कोरियाको आसन्न केन्द्रिय महाधिबेसन नजिकिदै गर्दा क्षेत्रीय अधिबेसनहरु तिब्र रुपमा हुने क्रम जारी छ । किम्हे खजेदो बुसान अधिबेसन भब्यताका साथ सम्पन्न गरेको मन्चले यही आउदो फेब्रुअरी २१ तारिख आइतबार आन्सान क्षेत्रको अधिबेसन गर्दै छ ।
 
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork